मंगलबार , बैसाख २९, २०८३

बुटवल । प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदको लागि भोली हुने आम निर्वाचनका लागि आवश्यक तयारी पुरा भएको छ । निर्वाचन शान्तिपुर्ण, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र ढंगले सम्पन्न हुने बिश्वास ब्यक्त गरिएको छ । सबै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री, कर्मचारीहरु र सुरक्षाकर्मीहरु पुगिसकेको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदानमा सहभागि हुन आउने मतदाताहरुका लागि मतदान गर्ने प्रबेशस्थल, मतदान गर्नेस्थल, मतपेटिका, मतपत्र लगाएतका सबै सामाग्री र आवश्यक जनशक्ति ब्यबस्थापन गर्ने कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । सामान्य, समबेदनशिल र अतिसम्बेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ । मतपत्र र मतदाताको सुरक्षाको लागि पनि सर्वदलिय बैठक, सुरक्षा निकायसँगको समन्वय लगाएतका कार्यहरु पनि सम्पन्न भैसकेको जनाइएको छ ।
यसैक्रममा मानव अधिकार तथा शान्ति समाजको एक टोलीले यसक्षेत्रका बिभिन्न मतदानस्थलहरुको अनुगमन गरेको छ । समाजका केन्द्रिय सभापति गोविन्द खनालको नेतृत्वमा अधिकारकर्मी र पत्रकारहरुको टोलीले कपिलबस्तुको शिवराज नगरपालीका वडा नम्बर ९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालय मतदान केन्द्र र वडानम्बर ५ चैनपुरस्थित सिद्धार्थ माध्यमिक बिद्यालयमा पुगि अनुगमन गरेको हो । अनुगमनका क्रममा सबै तयारी पुरा भएको, महिला, पुरुषका साथै असाहाय, बृद्धबृद्धा र अपाङ्गहरुका लागि छुट्टा छुट्टै लाईनको ब्यबस्था गरिएको निर्वाचन अधिकृत टिकाराम भुसालले बताएका छन् ।
अनुगमनका क्रममा सभापति खनालले मतदान नागरिकको महत्वपुर्ण मानव अधिकार भएकाले निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा लिई बिवेकसम्मत निर्णय गरि योग्य जनप्रतिनिधी छनौट गर्ने क्रममा निर्भिकताका साथ मतदानमा सहभागि भै नागरिक कर्तब्य पुरा गर्न आग्रह गरेका छन् । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल, रुपन्देही जिल्ला सभापति कृष्ण भट्टराई, पत्रकारहरु हरिश ढकाल, दिपक केसीलगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP