मंगलबार , असार २३, २०८३

अस्ट्रेलिया । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ।

यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए।

गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।

त्यो वार्तापछि गरिएको संशोधनमा फेसबुक र गुगललाई त्यो कानुन छल्न सक्ने बाटो खुला गरिएको छ। त्यो बाटो भनेको ती कम्पनीले समाचार संस्थासँग सोझै सहमति गर्न सक्ने प्रावधान हो।

अस्ट्रेलियाको यो कानुन संसारका अन्य देशहरूका पनि समाचारका लागि सामाजिक सञ्जाल वा समाचार प्रयोग गर्ने साइटहरूलाई शुल्क तिर्नुपर्ने नियम भएका सम्भावित कानुनका लागि परीक्षण मानिएको छ।

यो कानुन अस्ट्रेलियाको प्रतिनिधिसभाले बिहीबार संशोधन सहित पारित गरेको हो। सिनेटले सो कानुन पारित गरिसकेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP