मंगलबार , असार ३, २०८२

काठमाडौं । अन्तिम एक दिवसीय क्रिकेट खेलमा युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा १७६ रन बनाएको छ ।

नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो । आयानले ६३ बलमा ५४ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरतले ५४ बलमा २० रन बनाए ।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन् । यसअघि नेपाल र युएईले एक एक खेल जितेका छन् । आज जसले जित्छ शृंखला उसकै पक्षमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP