शनिबार , असार १३, २०८३

काठमाडौं । अन्तिम एक दिवसीय क्रिकेट खेलमा युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । टस जिटेर पहिले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै ५० ओभरमा १७६ रन बनाएको छ ।

नेपाली बलरहरूले अपेक्षाअनुसार नै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११ रन बनाउँदा पहिलो विकेट लिएको नेपालले युएईले ९३ रन जोड्दा नौ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलाल टिकेर खेलेपछि मध्यम योगफल बनाएको हो । आयानले ६३ बलमा ५४ रन बनाए । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरतले ५४ बलमा २० रन बनाए ।

नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिएका छन् । यसअघि नेपाल र युएईले एक एक खेल जितेका छन् । आज जसले जित्छ शृंखला उसकै पक्षमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP