मंगलबार , जेठ २८, २०८२

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु भेटिएको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठस्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले जानकारी दिएका छन् ।

बिहान पौने ३ मा शंकास्पद वस्तु फेला परेका हुन् । निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
राप्रपा काठमाडौं–५ को कार्यालयमा तोडफोड
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । ‘कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न सकेको छैन,’ श्रेष्ठले भने ।

राप्रपाको झण्डा, ब्यानर च्यातिएको छ । काठमाडौं–५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु