मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जीत निकालेको छ ।

स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए ।

खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए । ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो । समूह ‘इ’ मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP