मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जीत निकालेको छ ।

स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए ।

खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए । ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो । समूह ‘इ’ मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP