मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे शुरु हुने जनाइएको छ । आजको खेल सिरिजको निर्णायक खेल हो । दुई टोलीबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराएको छ । आजको खेलमा जित निकाल्दै घरेलु टोली नेपाल सिरिज आफ्नो बनाउने योजनामा छ । आजको सिरिज जितेमा नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो । नेपाल र यूएईबीचको हालसम्म ८ एक दिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP