मंगलबार , अषोज २७, २०८३

१४ फागुन, काठमाडौं । सरकारका एक मन्त्रीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझीका अनुसार अहिले सरकार गठनका चार विकल्प छन् ।

तर नयाँ सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए । नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको सरकार बनेन भने फेरि मध्यावधि चुनावमा जाने सम्भावना छ । यो परिस्थिति एक नम्बरमा छ ।’

ओलीले नेतृत्व गरेको पार्टी संसदको सामना गर्न तयार रहेको भन्दै उनले चार विकल्प सुनाए ।

पहिलो : प्रचण्ड–माधव समूहले अरु पार्टीको नेतृत्वमा सरकार बनाउने ।

कांग्रेसतर्फ संकेत गर्दै उनले अमुक पार्टीले प्रधानमन्त्री बन्न स्वीकार गरे नयाँ सरकार बन्न सक्ने बताए । रायमाझीले भने, ‘त्यो पनि उहाँहरु बन्ने होइन, अरु कसैले मानिदिएको खण्डमा ।’

दोस्रो : ओली समूह र अर्को पार्टी मिलेर सरकार बनाउने । उनले ओली र कांग्रेस मिलेर सरकार बन्न सक्ने पनि बताए । कांग्रेसको नाम नलिएका उनले भने, ‘त्यो जब्बर सम्भावना छ ।’

तेस्रो : नेकपा एकीकृत भएर वर्तमान सरकारलाई निरन्तरता दिने ।

कानुनी रुपमा पार्टी एउटै रहेको भन्दै प्रचण्ड–माधव समूह घर फर्किए ओली नेतृत्वको यही सरकारले निरन्तरता पाउने सम्भावना रहेको बताए । उनले अघि भने, ‘साथीहरु अलि पर गइसकेको हुनाले मुख्य नेताहरुले मान्नु हुन्न कि भन्ने छ । अरु घर फर्किन तयार हुनुहुन्छ ।’

चौथो : अविश्वासको प्रस्ताव फेल हुने र ओली सरकारले नै निरन्तरता पाउने ।

प्रचण्ड–माधव समूहले सरकार बनाउने सम्भावना नरहेको, अर्को पार्टी पनि तयार नभएको अवस्थामा ओली सरकारले नै निरन्तरता पाउन सक्ने उनले बताए । नेता रायमाझीले भने, ‘यो सरकार अगाडि बढिरहन्छ ।’

सके सरकार बनाउने, नभए फेरि मध्यावधि चुनावमा जान सकिने उनले बताए । मन्त्री रायमाझीले भने, ‘चिज त्यतै जाला जस्तो छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP