बिहिबार , बैसाख १८, २०८२

काठमाडौं । शेयर बजारमा आज (बुधबार) उकालो लागेको छ । मंलबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको शेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो ।

यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ र हिमालयन डिस्ट्रिलीको चार करोड १ लाख ९० हजार ७१६ रुपैयाँको कारोबार भएको छ । सिक्लेस हाइड्रो पावरमा १० प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था ७.७१ प्रतिशत र नारायणी विकास बैंक ५.५३ प्रतिशतले वृद्धि भएको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ८५ प्रतिशत र ट्रेडिङ इन्डेक्स १.२० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसूचक कम्पनीहरू वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक १.२७, हाइड्रोपावर १.१३ प्रतिशत, इन्भेष्टमेन्ट शून्य दशमलव ८७, फाइनान्स १.०१ र म्यानुफेक्चरिङ एण्ड प्रोसेसिङ शून्य दशमलव ८८ वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 50 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP