आइतबार , बैसाख १४, २०८२

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । आज (बुधवार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको जिकिर गरे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उनले भने, ‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ । चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ अनि गठबन्धनको के काम ?’

अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको बताए । उनले भने, ‘हाम्रो जननी बेलायत हो तर हामी उभन्दा फरक ढङ्गले चलिरहेका छौं । बुहमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने हुँदा हङ पार्लामेन्टको अवस्था आउँछ । त्यसो हुँदा स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ ।’

एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरूप परिवर्तनको माग गर्दै सडकमा आउँलान् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले चुनावपछि माओवादीको अस्तित्व सकिने जिकिर गरे । मंसिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उनको दावी थियो ।
‘मतपेटिकाबाट एकछिन पनि आँखा यताउता हुन नदिनू’
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सुनसरीको दुहबीमा आयोजित आमसभामा ओलीले मतपेटिकाबाट कुनै पनि यताउता हुन नदिन निर्देशन दिएका हुन् ।

‘म एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, तपाईंहरू आफ्नो आँखाबाट बाकसलाई एकछिन पनि यताउता हुन नदिनुहोस् । एउटा आँखा झिम्कियो भने अर्को खुला राख्नुहोस्, अर्को झिम्कियो भने अर्को खुला राख्नुहोस् । तर, बाकस एकछिन पनि नदेखिनु हुँदैन’, ओलीले भने । आफूले सकसपूर्ण अवस्थामा पनि लोकतन्त्रको रक्षा गरेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP