सोमबार , असार २, २०८२

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन् ।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन् । देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP