शुक्रबार , बैसाख १९, २०८२

कावासोती । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।

दसैँ तिहारलगायतका चाडपर्वपछि पनि पर्यटकको संख्या बढेको पूर्वी नवलपरासीको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताए । घुम्न आउनेको संख्या बढ्दै गएपछि निकुञ्ज आसपासका होटल व्यवसायीसमेत उत्साही भएका छन् । अमलटारीमा होमस्टे सञ्चालन गर्दैै आएका छन्नुराम महतो आन्तरिक बाह्य पर्यटकको संख्या बढ्दै गएकाले व्यवसायीमा समेत उत्साह थपिएको बताउँछन् ।

यसैबीच निकुञ्जले आर्थिक वर्षको चार महिनाको अवधिमा रु पाँच करोड ९८ लाख ६२ हजार नौ सय २१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । निकुञ्जले सबैभन्दा धेरै पर्यापर्यटनबाट रु पाँच करोड १५ लाख ४८ हजार तीन सय ५० राजस्व सङ्कलन गरेको हो । त्यस्तै यो अवधिमा निकुञ्जले दण्ड सजायबाट रु ५१ लाख ८६ हजार पाँच सय ४४ राजस्व सङ्कलन गरेको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 31 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 59 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP