सोमबार , भाद्र १५, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ । मेयर साहको कार्यकक्षमा भएको भेटमा प्रमुख शाहले, फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताएका थिए ।

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्ग चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर साहले आफ्नो योजना सुनाएका थिए । महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै उनले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुनस्र्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण, शैक्षिक गुणस्तर वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायतका क्षेत्रमा काम भइरहेको जानकारी दिए ।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP