मंगलबार , अषोज २७, २०८३

मस्को । रुसले गत साता डिनिप्रो नदीको पश्चिमी किनारबाट पछि हट्नुअघि मुख्य ऊर्जा पूर्वाधार नष्ट गरेको युक्रेनी राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले जनाएको छ ।

‘खेरसन क्षेत्रको सम्पूर्ण दाहिने किनारा र माइकोलाइभ क्षेत्रको एक महत्वपूर्ण भागमा विद्युत् आपूर्ति प्रदान गर्ने ऊर्जा सुविधा व्यावहारिक रूपमा नष्ट भएको छ’, युक्रेनेर्गोका प्रमुख भोलोडिमिर कुद्रितस्कीले फेसबुकमा एक पोस्टमा भने ।

उक्त विनाश खेरसोन क्षेत्रको दाहिने किनारबाट भाग्नुअघि कब्जाकर्ताहरूको शक्तिहीन क्रोधको परिणाम भएको उनले बताएका छन् । ‘अधिकांश मुक्त खेरसन क्षेत्र नोभेम्बर ६ देखि बिजुलीविहीन भएको उ कुद्रितस्कीले भने । ‘हामी जनतालाई जतिसक्दो चाँडो बिजुली आपूर्ति गर्न सक्दो प्रयास गरिरहेका छौं’ उनले थपे । युक्रेन युद्धमा रुसी सेनाले ठूलो क्षति बेहोरोको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP