बुधबार , जेठ २९, २०८२

बाली । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए ।

बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो । इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए ।

सीको आगमन लगत्तै एक सुविधा सम्पन्न होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए । बेइजिङद्वारा दावी गरिएको स्वशासित टापुले अमेरिकालाई सहयोगी मान्छ र र यो सधैं अमेरिका–चीन सम्बन्धमा एउटा महत्वपूर्ण मुद्दा भएको छ ।

अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो ।चीनले यस टापुको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP