शुक्रबार , असार १२, २०८३

मेलबर्न । ब्याटस म्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इङल्याण्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । इङल्याण्डले १२ बर्षपछि वान डे विश्वकपको च्याम्पियन बनेको हो ।

यस्तैमा इङल्याण्ड वान डे तथा ट्वान्टी–२० विश्वकप दुवैको एकै समय विजेता रह्यो र दुर्लभ उपलब्धी आत्मसात गर्न सफल रह्यो ।
मेलबर्न क्रिकेट मैदानमा जितका लागि १३८ रनको लक्ष्य पाएको इङल्याण्डले १९ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो । स्टोक्सले दबाबको स्थितिमा ५२ रन बनाउँदै नटआउट रहे । ट्वान्टी–२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । उनलाई मोइन अलिले बलियो साथ दिए र उनले महत्त्वपूर्ण १९ रन बनाए । त्यसअघि कप्तान जस बटलरलले २६ रन बनाएका थिए ।

पाकिस्तानी बलर साहिद अफ्रिदी चोटका कारण मैदान छाड्न बाध्य रहेपछि खेल इङल्याण्डको पक्षमा मोडिएको हो । इङल्याण्डले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । त्यस क्रममा उसले कसिलो बलिङ तथा सटिक फिल्डिङको मद्दतले पाकिस्तानलाई २० ओभरमा आठ विकेट गुमाएर १३७ रनमा रोकेको थियो ।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाए र यो नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै कप्तान बाबर आजमले ३२ तथा सादब खानले २० रन बनाए । पाकिस्तानले नियमित अन्तरमा विकेट गुमाएपछि चुनौतीपूर्ण स्कोर खडा गर्न सकेन । इङलिस बलरमध्ये साम करन सबैभन्दा सफल रहे र उनले १२ रनमा तीन विकेट लिए । यस्तै अदिल रसिद र क्रिस जोर्डनले दुई दुई विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP