सोमबार , भाद्र १५, २०८३

सैनामैना। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । सोमबार सैनामैना १ र २ मा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठ आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, त्यसयता गर्न खोज्दा पनि जनविरोधी पक्षको असहयोगका कारण रोकिए पनि अब एमालेको नेतृत्वमा सो सुकुम्बासी समस्या समाधान हुने बताए ।

२०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख हुँदा योजाबद्ध बिकास गरेका कारण देशमै योजनावबद्ध विकासको नमुना पेश गरेको, विकासका हरेक पक्षमा काम गरेका कारण उत्कृष्ट नगरपालिकामा पुरस्कृत गर्न सफल भएको सोही उत्कृष्टताको बाटो बुटवल, सैनामैना अगाडि बढेको श्रेष्ठले बताए ।

कोभिड महामारीमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको, नि:शुल्क रक्तसञ्चार सेवाको सुरुवात गरेको, लुम्बिनी प्रदेशका प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत ठूला ३१ अस्पतालको स्तर बृद्धि गर्न अभियान चलाउनुको साथै स्वास्थ क्षेत्रमा बृहत सुधारका काम भएको श्रेष्ठले बताए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए । लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् । श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP