मंगलबार , बैसाख २९, २०८३

रूपन्देही । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् ।

आईतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसंग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीयहरू मतदाताले छेदि गुप्ताले भुसालसंग भने, ‘यो बाटोको हालत हेर्नुहोस्, पहिलेका जनप्रपितनिधिले गरेनन्, तपाईंको आश छ, यसअघि सांसद जितेर गएपछि फर्केर आउनुभएन, तपाईं त्यसो नगर्नुहोला ।’

आफुहरू पटक–पटक ठकिएको भन्दै आक्रोशित मुद्रामा देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि भोजपुरी भाषामा आफ्नो गुनासो पोखे । उनले भने, ‘अरूभन्दा तपाईं जानेबुझेको राम्रो ब्यक्ति देखेका छौँ, तपाईं यहीँको मान्छे पनि हो, विकास गर्नुहोला, अरुले जस्तो भ्रष्टाचार नगर्नुहोला ।’
स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साईकल पन्चर हुने गरेको गुनासो गरिन् । साइलक समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उनले बताईन् ।

मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले नेपाली र भोजपुरी मिश्रित भाषामा समग्र यस क्षेत्रको विकासका लागि आफुले इमान्दार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु, अब मैले काम गरेर देखाउने छु ।’

मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताए । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफु प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

घनश्याम भुसालले आफ्नो घोषणा पत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गरेका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडक र भित्री सडकको समेत योजना कोरेका भुसालले स्तरीय सडक, खानेपानी, विद्युत तथा निःशुल्क शिक्षा र स्वास्थ्य तथा कृषि एवं उद्योग–ब्यापारमा युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP