आइतबार , बैसाख ७, २०८२

काठमाडौं । बहराइनमा विपक्षी उम्मेदवार विना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ ।

मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसद्को तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषदमा ७३ महिलासहित ३ सय ३० भन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन् । यो मतदानले कुनै परिवर्तन नल्याउने बेलायतमा रहेको बहराइनका मानव अधिकारकर्मी अली अब्दुलेमामको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP