शनिबार , भाद्र १३, २०८३

काठमाडौं । बहराइनमा विपक्षी उम्मेदवार विना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ ।

मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसद्को तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषदमा ७३ महिलासहित ३ सय ३० भन्दा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन् । यो मतदानले कुनै परिवर्तन नल्याउने बेलायतमा रहेको बहराइनका मानव अधिकारकर्मी अली अब्दुलेमामको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP