शुक्रबार , असार १२, २०८३

धादिङ । धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ टारीस्थित भित्रि सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

प्रहरी चौकी साँधभञ्ज्याङका अनुसार टारीबाट अर्याल गाँउतर्फ आउँदै गरेको ग १ ज ५५८० नम्बरको धान, पराल बोकेको बोलेको दुर्घटना भएको हो । दुर्घटनामा परी ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरो चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ज्वालामुखी–४ अर्याल गाउँका बोलेरो चालक २० वर्षीय समिर गदेल, सोही स्थानका ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर बिक, ५२ वर्षीय किसन बिक र १५ वर्षका प्रितम गदेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP