बुधबार , चैत्र २६, २०८१

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन ।

संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरेका छन ।

संघको नयाँ कार्यसमिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन ।

त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९९३२०, दिपकप्रसाद चापागाई ९९६९०, कृष्ण श्रेष्ठ ९९५२०, मोह्मद जमिल खान ९८५७०, सुमोदमान सैंजु ९९३१०, टिकाराम बञ्जाडे ९९५००, त्रिबिक्रम श्रेष्ठ ९८८६० मत सहित विजय भएका छ भने महिला सदस्य तर्फ जमुना पौडेल ९६३४० र मीना प्रधान ९६११० विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए ।

अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै अध्यक्ष खिमबहादुर हमालले अध्यक्षमा निर्वाचित कसजुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व लिएसंगै सबैलाई साथमा लिएर अंगाडी बढ्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु