मंगलबार , बैसाख २९, २०८३

बुटवल ।नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरु गठबन्धन गरेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरु गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको नेता रायमाझीले बताए ।

शनिबार बुटवलमा नेकपा एमाले अर्घाखाँची रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको कार्यक्रममा एमालेबाट अर्घाखाँचीको प्रतिनिधिसभा उम्मेदार रहेका नेता रायमाझीले देशको विकास र समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य भएको बताए ।
‘प्रतिपक्षमा रहेको पार्टीविरुद्ध सरकारमा रहेका पार्टीहरुले गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था विश्वकै राजनीतिमा सुनिएको छैन, यो भन्दा हरिबिजोग के हुन्छ रु, एमालेसँग एक्लाएक्लै चुनावमा गए अस्तित्व मेटिने त्रास बाहेक के हुन्छ रु तर हामीलाई कुनै डरत्रास छैन, जनताले कसले के काम गर्यो भनेर हिसाब गरेका छन्’– नेता रायमाझीले भने ।

डेढ दशकअघि अर्घाखाँचीको विकासको अवस्था र अहिलेको अवस्थालाई जिल्लावासीले मूल्यांकन गरेको बताउँदै नेता रायमाझीले गठबन्धनविरुद्धको सन्देश स्थानीय तहको निर्वाचनमा दिइसकेको बताए । उनले भने–‘अहिले हामीले मेहनत गरेका योजनामा अरुले नाम राखेर प्रचार गर्नुपर्ने अवस्था छ, त्यसको साटो यो डेढदशक हामी सरकार बाहिर रहेको समयमा किन काम हुन सकेन भनेर उनीहरुसँग कुनै जवाफ नै छैन, हामीले सुरु गरेका महत्वपूर्ण आयोजनाहरु रोक्ने काम भएको छ, अब तपाईहरु यो सन्देश लिएर गाउँमा आउनुहोस् । ’
स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीबाट देशव्यापी सन्देश दिने काम भएको छ, अब गठबन्धन गरेर चुनावमा हामी बलियो छौं भनेर जनताले पताउनेवाला छैन, अरुबेला जिल्लामा नटेक्ने, विकासका काममा कुनै सरोकार नराख्ने, चुनावको बेला आएर चर्का कुरा गरेर कसैले पत्ताउनेवाला छैन– नेता रायमाझीले भने ।

जिल्लामा भौतिक विकाससँर्ग, कृषिको आधुनिकीकरण, व्यवस्थित बजारीकरण र खानेपानी तथा विद्युतको व्यवस्थापन, स्वास्थ्य र शिक्षाको व्यवस्थापन, बढ्दो बसाईसराई रोक्न दीर्घकालीन योजना र पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन योजना पार्टीले योजना बनाएर लागेको उनले बताए ।
कार्यक्रममा प्रदेश सभा २ का उम्मेदार रामजी घिमिरे, समानुपातिक उम्मेदार बिजुला रायमाझी, एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसाललगायतले पार्टीले चुनावमा गरेका प्रतिद्धवतालाई पूरा गर्ने जनाएका थिए । रुपन्देही आसपासमा अर्घाखाँचीबाट आएर बसोबास गरेका एमाले निकट विभिन्न क्षेत्रका व्यक्तिहरुसँग चुनावी प्रतिवद्धता तथा भेटघाट गरिएको अध्यक्ष डबल बिसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP