शुक्रबार , असार १२, २०८३

रुपन्देही। रुपन्देही क्षेत्र नं. ५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँच दलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै उम्मेदवार विजयी हुने ठोकुवा गरे ।

क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्ति बजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिवार आयोजित चुनावी सभाहरुलाई सम्वोधन गर्दै कांग्रेसका उम्मेदवार शाहले मंसिर ४ गतेपछि बन्ने सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताए ।

रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवालगायत क्षेत्रका स्थानीयले शाहलाई चुनाव जितेर यो ठाउँको थप विकास गर्न अनुराध गरे । नेता शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बनेका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई विजयी बनाउने अठोट ब्यक्त गरे ।

आफ्नै नेतृत्वमा कलौनीदेखि लुम्विनी जोड्ने सडक निर्माण सम्पन्न भएको, फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्विनीसम्म जोड्ने सडक निर्माण भएको शाहले बताए । कलौनीदेखि बयरकट्टीहुँदै दक्षिण क्षेत्रलाई जोड्ने सडक पनि आफ्नै पहलमा निर्माण गरिएको शाहको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP