शुक्रबार , भाद्र १२, २०८३

१३ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से राताम्मे बनेको छ । बजारमा ४४.९४ अंकको गिरावट आउँदा कारोबार रकममा पनि संकुचन आएको छ ।

बिहीबार कुल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ८३ हजार ४०७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ९ करोडमा झरेको छ जुन अघिल्लो दिनको तुलनामा झण्डै ६१ करोड रुपैयाँ भन्दा बढीले कम हो ।

बिहीबार दोस्रो बजारमा कारोबारमा आएका सबै उपसमूहका सूचक ओरालो लागेका छन् । बिहीबार नेपाल पूर्वाधार विकास बैंकको सेयरमा दोस्रो बजारमा सबैभन्दा धेरै कारोबार भयो ।

कम्पनीको ९० करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने दोस्रो धेरै कारोबार हुने कम्पनी नबिल बैंक भयो । सकारात्मक सर्किट लेबलमा कारोबार भएको चन्द्रागिरी हिल्सका लागिनीकर्ताले बजारमा सबैभन्दा धेरै कमाए भने दोस्रो धेरै कमाइ नेसनल हाइड्रोपावर कम्पनीको सेयर धनीले गरे ।

उतारचढावपूर्ण बजारमा चन्द्रागिरी हिल्सको शेयर ९.९१ प्रतिशतले बढ्यो भने नेश्नलको सेयर मूल्य ८.२२ प्रतिशतले बढ्यो ।

बिहीबार बैंकिङ उपसमूह ३७ अंक, जीवन बीमा उपसमूह २९९.७८ अंक र निर्जीवन बीमा उपसमूह १७६.१८ अंकले घट्यो ।

यस्तै उत्पादन ७२.२७ अंक, लघुवित्त ६०.४८ अंक, व्यापार ५५ अंक, विकास बैंक ४७ अंक, अन्य उपसमूह ३६ अंक र जलविद्युत समूह २७ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP