सोमबार , बैसाख २२, २०८२

१३ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से राताम्मे बनेको छ । बजारमा ४४.९४ अंकको गिरावट आउँदा कारोबार रकममा पनि संकुचन आएको छ ।

बिहीबार कुल २०६ कम्पनीको एक करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर ८३ हजार ४०७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ९ करोडमा झरेको छ जुन अघिल्लो दिनको तुलनामा झण्डै ६१ करोड रुपैयाँ भन्दा बढीले कम हो ।

बिहीबार दोस्रो बजारमा कारोबारमा आएका सबै उपसमूहका सूचक ओरालो लागेका छन् । बिहीबार नेपाल पूर्वाधार विकास बैंकको सेयरमा दोस्रो बजारमा सबैभन्दा धेरै कारोबार भयो ।

कम्पनीको ९० करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने दोस्रो धेरै कारोबार हुने कम्पनी नबिल बैंक भयो । सकारात्मक सर्किट लेबलमा कारोबार भएको चन्द्रागिरी हिल्सका लागिनीकर्ताले बजारमा सबैभन्दा धेरै कमाए भने दोस्रो धेरै कमाइ नेसनल हाइड्रोपावर कम्पनीको सेयर धनीले गरे ।

उतारचढावपूर्ण बजारमा चन्द्रागिरी हिल्सको शेयर ९.९१ प्रतिशतले बढ्यो भने नेश्नलको सेयर मूल्य ८.२२ प्रतिशतले बढ्यो ।

बिहीबार बैंकिङ उपसमूह ३७ अंक, जीवन बीमा उपसमूह २९९.७८ अंक र निर्जीवन बीमा उपसमूह १७६.१८ अंकले घट्यो ।

यस्तै उत्पादन ७२.२७ अंक, लघुवित्त ६०.४८ अंक, व्यापार ५५ अंक, विकास बैंक ४७ अंक, अन्य उपसमूह ३६ अंक र जलविद्युत समूह २७ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु