सोमबार , भाद्र १५, २०८३

बुटवल। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा ९सूर्यवंशी० ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिलाई राजनितिक बेईमानिको संज्ञा दिएका छन । बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा सार्वजनिक अभिव्यक्ति दिँदै लुम्बिनी प्रदेशको राजधानी बुटवललाई तोक्न सकिने बताएका थिए ।

शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै थापाले हरेक हिसाबले रुपन्देही जिल्ला राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारेको बताउँदै भोट कै लागि राजधानी सार्ने झुटको खेती गरेको बताए ।

‘समग्र रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला हो, यहाँ भौतिक संरचना समेत तयार छ, तर एमालेका नेताहरुले आफ्नो ब्यmिगत स्वार्थका कारणले पुर्वाधार नै नभएको राप्ती पुर्‍याईयो।’ उनले भने,‘ बहुमत दिएर जिताएका मतदाताको अपमान गरेका नेताले अहिले फेरि राजधानीकै विषयमा अनर्गल प्रचार गरिरहेका छन्, यो कुरा जनताले बुझ्नुपर्छ ।’

रुपन्देही क्षेत्र नं। २ का लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापाले नेकपा एमाले सरकारले लुम्बिनी प्रदेशलाई २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको टिप्पणी गरे । ‘राजधानी दाङमा नै छ भनौं भने सबै मन्त्रालय यही बुटवलमा छ’ भन्छन,‘राजधानी बुटवलमा छ भनौं भने बोर्ड दाङमा लगेर राखिएको छ ।’राजधानीलाई अधकल्चो बनाएर आफ्नो खेल तमासा देखाउनेलाई अबको चुनावमा जनताले पराजित गरेर सजाय दिनु पर्ने उनले बताए ।

दैत्य चरित्र भएकालाई मंसिर ४ को चुनावमा पराजित गर्नुपर्ने थापाको भनाई छ । जनमतको अपमान गर्नेलाई जनताले सजाए दिने दिन आएको र अबको निर्वाचनमा ६ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन थापाले आग्रह गरे ।

यस्तै रुपन्देही क्षेत्र नंं। २९१० को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी ९कुमार०ले बुटवलबाट राजधानी सार्नलाई जनताले जवाफ दिने दिन मंसिर ४ नजिकिँदै आएको बताए । कोणसभालाई सम्बोधन गर्दै केसीले एमालेका नेताहरुले के कारणले बुटवलबाट राप्तीको किनारमा राजधानी सारे भन्ने जनतालाई जवाफ दिनु पर्ने बताए । राप्तीको किनार राजधानी लागि बुटवल भन्दा कसरी उपयुक्त थियो केसी प्रश्न गर्दै भन्छन्, ‘के सुरक्षा, शिक्षा, स्वास्थ्य, पुर्वाधारको दृष्टिकोणले उपयुक्त थियोरु’

प्रतिस्प्रर्धी एमाले नेता लिला गिरी प्रति ईगित गर्दै केसीले यहाँका जनतालाई झुक्काएर राप्तीको किनारमा राजधानी सार्नुको कारण बारे जनतालाई जवाफ दिन जोड दिए । जनतालाई झुक्याउने नेतालाई मंसिर ४ गतेको आम निर्वाचनमा पराजित गरेर सजाय दिन आग्रह गरे ।
बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वारको रुपमा रुपन्देही २ मा घर चुनाव चिन्हबाट थापा चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभा २९१०मा नेपाली कांग्रेसका दीर्घबहादुर केसी९कुमार० रुख चिन्हबाट र प्रदेशसभा २९२०मा माओबादी केन्द्रका बामदेब क्षेत्री गोलाकार भित्रको हसिँया हथौडा चिन्ह लिएर चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP