मंगलबार , बैसाख २९, २०८३

काबुल । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’ को संकट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो ।

खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसंख्याको आधाभन्दा बढी हो । ‘मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी संकटको सामना गरिरहेका छन् ।’ लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसंख्याको आधाभन्दा बढी अर्थात् दुई करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एशिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले देशमा आर्थिक संकटका कारण खाद्यान्नको मूल्य बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । काबुलका बासिन्दा रहमानुल्लाले भने, ‘खाद्यान्नको मूल्य बढेको छ । मानिसहरूले मासिक एक बोरा पीठो पनि किन्न पनि कठिनाई भइरहेको छ ।’

यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक संकटबारे चिन्ता व्यक्त गरेको छ । भूकम्प र बाढी जस्ता अभूतपूर्व आर्थिक कठिनाइ र वातावरणीय विपत्तिको एक वर्षको सङ्घर्षपछि अफगानिस्तानका जनता अर्को कडा जाडोको सामना गर्न पहिलेभन्दा कम तयार रहेको डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डब्लुएफपीको मूल्याङ्कनअनुसार १० घरधुरीमध्ये नौ घरधुरीले आफ्नो खाद्य आवश्यकता पूरा गर्न सक्दैनन् । ‘यो अफगानिस्तानका लागि तत्काल आवश्यकताको समय हो । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट बञ्चित भएका छन्’,अफगानिस्तानका लागि इयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले भने ।

‘पहिले सहजरूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न संघर्ष गरिरहेका छन् र यस नयाँ वास्तविकतामा उनीहरूलाई स्थिर राख्न मद्दत गर्न मानवीय एजेन्सीहरूमा फर्किरहेका छन् । हामी विशेष गरी अति जोखिममा रहेको अफगानिस्तानको जनसंख्या जोखिममा रहेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं ।’

अफगानिस्तानमा बढ्दो संकटले साना उद्यमहरूलाई सबैभन्दा बढी असर पारेको छ र निजी कम्पनीहरूले बिक्रीमा कमी र उत्पादनहरूको लागि उपभोक्ताको मागमा भारी गिरावटको कारण आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालेका छन् । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP