शुक्रबार , बैसाख १९, २०८२

बागमती । प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ ।

सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो । प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए ।

नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए । सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको यादवको भनाइ छ ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष घलानले वर्तमान समयमा खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएको विभिन्न रसायनका कारण खोलानालामा माछाको संख्या घट्नुका साथै विभिन्न जातका माछा लोप भइरहकाले यस कार्यलाई सबैले मिलेर रोक्नुपर्ने आग्रह गरे ।

jagdamba.cement
उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको कार्यतालिकाअनुसार कोसी, कर्णाली, सप्तकोसी र कालीगण्डकी नदीलगायतका नदीमा भुरा माछा छाड्ने कार्यक्रम रहेको प्रमुख यादवले भने । सो कार्यालयमा बजेट र जनशक्तिको अभावले काम गर्न समस्यासमेत रहेको त्यहाँका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 31 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 59 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP