सोमबार , भाद्र १५, २०८३

बागमती । प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ ।

सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो । प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए ।

नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए । सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको यादवको भनाइ छ ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष घलानले वर्तमान समयमा खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएको विभिन्न रसायनका कारण खोलानालामा माछाको संख्या घट्नुका साथै विभिन्न जातका माछा लोप भइरहकाले यस कार्यलाई सबैले मिलेर रोक्नुपर्ने आग्रह गरे ।

jagdamba.cement
उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो । आर्थिक वर्ष २०७९/०८० को कार्यालयको कार्यतालिकाअनुसार कोसी, कर्णाली, सप्तकोसी र कालीगण्डकी नदीलगायतका नदीमा भुरा माछा छाड्ने कार्यक्रम रहेको प्रमुख यादवले भने । सो कार्यालयमा बजेट र जनशक्तिको अभावले काम गर्न समस्यासमेत रहेको त्यहाँका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP