मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताएका हुन् । उनले काठमाण्डौ उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । नागरिक आयोग गठन गरी विसं २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने उनको भनाइ थियो ।

लिङदेनले भने, ‘बालेनले काठमाण्डौको अवैध संरचनामाथि डोजर चलाए जस्तै राप्रपालाई भ्रष्टाचारिमाथि डोजर चलाउने इच्छा छ । फागुनसम्म अस्तिका सबै सांसदले तलब भत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आउँदो चुनावबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह पनि गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारलाई पनि जिताउन उनको आग्रह थियो ।

अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बरबाद गर्नु भएको टिप्पणी गरेका छन् । उनले कांग्रेस र कम्युनिस्त मतदातालाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे । उनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेको दाबी गर्दै व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने जिकिर गरे । ठूला राजनीतिक दलहरूको विकल्पको रूपमा राप्रपा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP