मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । बंगलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिको जितेको छ । आज (शुक्रबार) ढाकामा बंगलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सुशीला केसीले खेलको १४ औं मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यमा रह्यो । तर खेलको ५४ औं मिनेटमा रुमा अख्तेरले गोल गर्दै बंगलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
यो बराबरीसँगै नेपालले चार खेलमा १० अंक जोड्यो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बंगलादेश चार खेलमा सात अंकसहित उपविजेता बन्यो ।

डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बंगलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP