शुक्रबार , बैसाख १९, २०८२

भैरहवा ।अग्रहरी सेवा समाज रुपन्देहीले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई मतदान गर्ने बताएको छ ।

समाजले शुक्रबार भैरहवामा कार्यक्रम गरेर प्रतिनिधि सभामा खाण र प्रदेश सभा ३ क मा गठबन्धनकै उम्मेद्वार सन्तोष पाण्डेलाई मतदान गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सियाराम अग्रहरीले मुलुकमा गणतन्त्र र संघीयतालाई संस्थागत गर्न तथा आमनागरिकको र उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधान गर्न खाणबाहेक अरुले नसक्ने निष्कर्षसहित मतदान गरेर प्रतिनिधि सभा सदस्यमा विजयी गराउने बताउनु भयाे ।

उहाँले भैरहवा र सिङ्गो रुपन्देहीको विकासमा अहिलेसम्म खाणको योगदान अतुलनीय रहेको र आगामी दिनमा त्यही विकासलाई निरन्तरता दिन खाणलाई मतदान गर्ने निष्कर्ष सुनाउदा हल तालीले गुञ्जायमान भएको थियो । खाण निर्वाचित भएर गएपछि आफूहरूले भोगिरहेका समस्या समाधान गर्न पहल कदमी लिनेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार खाण र प्रदेश सभा ३ क का उम्मेदार पाण्डे पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा गृहमन्त्री खाणले नागरिक, उद्योगी, व्यवसायी, मजदुर, किसान सबैले भोग्नुपरेका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो । नागरिकको सुख दुःखमा आफू सदैव साथमा रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 31 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 59 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP