सोमबार , असार २, २०८२

काठमाडौं । माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सूर्योदय नगरपालिकाकी विनिता ढुंगेलको शव बिहीबार) नेपाल ल्याइएको छ ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव नेपाल ल्याइएको हो । अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो ।

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरूसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो ।

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहलमार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुःखद् घटनाबीच पनि सकारात्मक भएको बताए ।

jagdamba.cement
४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । एनआरएनए माल्टाकै पहलमा ढुंगेलको उपचार भएको थियो । यसैबीच माल्टामै मृत्यु भएका आकाश बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP