मंगलबार , अषोज २७, २०८३

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डसँग १ घण्टा छलफल गरेका गौतमले प्रचण्ड–नेपाल पक्ष नेकपा नै मूल पार्टी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्मानजनक बर्हिगमन गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव राखेको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले रातोपाटीलाई जानकारी दिए ।

जवाफमा प्रचण्डले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने बताएका थिए । पार्टीमा प्रधानमन्त्री ओलीले गडबडी गरेका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको र अब पार्टीलाई पहिलो बनाएर लैजानेबारे अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम बिचको छलफल सकारात्मक रहेको सापकोटाले बताए ।

नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP