मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । बलिउड चलचित्र ‘उचाइ’ आज (शुक्रबार) बाट नेपालमा प्रदर्शनमा आएको छ । गत वर्ष यो चलचित्रको निर्माण पक्ष छायांकनका लागि नेपाल आएको थियो ।

सुरज आर बडजात्याले निर्देशन गरेको चलचित्र नेपालमा स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा छायांकन गरिएको थियो । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडालगायत कलाकारको अभिनय रहेको चलचित्रले नेपाली पर्यटनलाई प्रवद्र्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रले नेपालमा १६ करोड रुपैयाँ खर्च गरेको थियो । नेपाली कलाकार र प्राविधिकले पनि यो चलचित्रले काम गरेका थिए । २७ दिन नेपालमा छायांकन गरेको ‘उचाइ’ युनिटले नेपालमा सबैभन्दा धेरै हवाई सेवामा खर्च गरेको थियो । पाँच सय जनालाई कलाकार र प्राविधिक हेलिकोप्टरमा ओसारेको चलचित्र युनिटले प्रतिव्यक्ति कम्तीमा ५ पाँच लाख रुपैयाँ खर्चिएको थ्रि–ह्विलर्स फिल्म्सले जनाएको थियो ।

अल्टिच्युट एअरले नेपालमा फ्लाइटको जिम्मा लिएको थियो । अल्टिच्युट एअरमात्रै पर्याप्त नभएपछि मनाङ र हेली एभरेष्ट पनि युनिटले प्रयोग गरेको थियो । हवाइजहाजमा भने तारा एअरसँग उचाई युनिटले सम्झौता गरेको थियो ।

लजिङ–फुडिङमा चारदेखि पाँच करोड रुपैयाँ खर्च गरेको सिनेमा युनिटले होटल हायातमा मात्रै करिब डेढ करोड खर्च भएको छ । मनाङमा करिब १० दिन छायांकन गरेको ‘उचाइ’को युनिटले त्यहाँ होटलमा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको उद्योग वाणिज्य संघ मनाङले जनाएको थियो ।

होटल, इकुप्मेन्ट, जनशक्ति, लोकेशन, सवारी साधन, हेलिकोप्टर, ट्रान्सपोटेसन लगायतमा खर्च भएको थियो । सबैभन्दा धेरै खर्च सोलुखुम्बुमा भएको थियो । नेपालमा ४० दिनको छायांकन सेड्युल भए पनि २७ दिनमै काम सुटिङ सकेर फर्किएको हो । ४० दिन नै छायांकनका लागि लागेको भए ‘उचाइ’को नेपाल खर्च थप बढ्ने थियो ।

अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी, सारिका हसनसहित करिब ३०० जनाको टिम नेपाल आएको थियो । यो चलचित्रमा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् । अक्टोबर ४ देखि काठमाडौंको एयरपोर्ट र हायात होटलबाट चलचित्रको छायांकन सुरु गरेको थियो । ‘उचाइ’ दुई सय करोड भारतीय रुपैयाँ बजेटको चलचित्र हो ।

‘उचाइ’ले मित्रताको कथा भन्छ । तीन साथीहरूको कथा नै यो चलचित्रको मुख्य कथा हो । जो सगरमाथा आधार शिविरमा पदयात्रा गर्न जान्छन् । एक साधारण ट्रेक यात्राकै क्रममा व्यक्तिगत, भावनात्मक र आध्यात्मिक यात्रा हुन जान्छ । यात्रमा उनीहरूले आफ्नो शारीरिक सीमितताहरूसँग लड्छन् र स्वतन्त्रताको वास्तविक अर्थ पत्ता लगाउँछन् । यो नै चलचित्रको मुख्य कथानक हो । परिणिती चोपडा ट्रेक गाइडको भूमिकामा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP