मंगलबार , बैसाख १६, २०८२

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताए । एमाले सरकारमा रहंदा जग्गा नापजांचको कामसम्पन्न भई लालपुर्जा दिनै लाग्दा सरकारबाट बाहिरिदा लालपुर्जा वितरणको कार्य हुन नपाएको बताउंदै नेता गिरीले अब सरकारमा पुग्न साथ विधि र प्रक्रियाअनुसार अव्यवस्थित र भुमिहीनहरुलाई लालपुर्जा वितरण गरिने उनले बताए । शक्तिशाली भुमि आयोगबाट काम भइरहेको अवस्थामा अव्यवस्थित र भुमिहिन विरोधी तत्वहरुले षडयन्त्रपूर्वक मुद्दा मामिला गरेर लालपुर्जा वितरणको कार्य रोकेको समेत उनले बताए ।

नेता गिरीले तिनाउ दानव कोरिडोरको विकास गर्दा स्थानीयलाई व्यवस्थापन प्रमुख प्राथमिकतामा राखिने बताए । उनले बेलबास–बेथरी सडक निर्माणाधीन अवस्थामा रहेको बताउंदै यो आयोजनालाई छिटो सम्पन्न गराउने पहल गर्दै यो सडकलाई पर्यटनको विकास संग जोड्ने योजना एमालेले बनाएको बताए । साथै एमालेले सरकारमा रहँदा वा नरहँदा पनि सधै जनताका समस्या, भावना बुझ्ने गरेकाले अबको निर्वाचनमा पनि जनताले एमालेलाई स्वीकार गर्नुको विकल्प नरहेको नेता गिरीले बताए ।

उनले मुलुकको स्थिरता र समृद्ध विकासका लागि एमालेको सरकार आवश्यक रहेको भन्दै गठबन्धनबाट जनताको आशा मरिसकेको बताए । गठबन्धन सरकारका गतिविधिले संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताउंदै नेता गिरीले एमालेले सरकारमा नेतृत्व गर्न साथ संघीयताको मर्म र भावना जनतालाई अझ बढी बुझाउँदै संघीयतालाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP