मंगलबार , बैसाख २९, २०८३

बुटवल । आसन्न मंसिर ४ निर्वाचनमा रुपन्देही क्षेत्र नं २ ख का प्रदेश सभा तर्फका साझा गठबन्धनका उम्मेद्वार वामदेव क्षेत्रीले स्थानिय तहमा गठबन्धनको सरकार रहेकाले अबको विकासका लागि प्रदेश र संघीय सरकार पनि गठबन्धनकै सरकार बन्न आवश्यक रहेको औल्याएका छन् ।
विकासका लागि तिनै तहका सरकारको समन्वय आवश्यक रहेको बताउँदै उनले स्थानिय तह निर्वाचनमा अधिकांश स्थानिय तहमा गठबन्धनको स्थानिय सरकार बनाउने जनताको म्याण्डेट आइसकेकाले आसन्न मंसिर ४ को चुनाबमा पनि गठबन्धनलार्ई ५ वर्षका लागि विजयी गराएर जनताले म्याण्डेट दिनुपर्ने बताएका हुन ।

बिहीबार आयोजित बृहत महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार क्षेत्रीले झुम्साको पानी र लालपुर्जालाई राजनिती खेल बनाएर पटक पटक झुटो आश्वासन दिने काम एमाले उम्मेद्वारहरुले गरेको बताउँदै झुटको खेती नगर्ने दाबी गरे ।

यस्तै तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको उम्मेद्वार भेटघाट तथा परिचयात्मक कार्यक्रमममा बोल्दै क्षेत्रीले सो कुराको जिकिर गरेका हुन । संविधानको रक्षा र प्रतिगमन परास्तका लागि गठबन्धन बनेको औल्याउँदै उनले आसन्न निर्वाचनमा गठबन्धन भन्दा बाहिरको दलहरुलाई म्याण्डेट दिइएमा उनीहरुले विकास गर्न नसक्ने दावी गरेका हुन् ।

केन्द्र सरकारको नीति र योजना कार्यान्वयन गर्ने जिम्मा स्थानिय तहको सरकारको रहेकाले स्थानिय र केन्द्रमा फरक फरक दलको सरकार आएमा काम गर्न नसक्ने उहाँको धारणा थियो । त्यसैले यस क्षेत्रमा आफुहरुलाई जनताले जिताउनुको विकल्प नरहेको उनको भनाई थियो ।

सोही क्रममा वक्ताहरुले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई देशैभरी जिताउन समेत अपिल गरेका छन् । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समानुपातिक उम्मेद्वार झम बहादुर गुरुङले गठबन्धन देशको आवश्यक्ता रहेको बताउदै जीत सुनिस्चित भएको बताउनु भयो ।
उनले एमाले तर्फ लक्षित गर्दै अहिलेको चुनावमा भोट माग्ने कुनै नैतिक आधार नभएको बताए । जनताको मतादेश पाउँदा लत्याउने र फेरी मतादेश देउ भन्नु लज्जास्पद र पश्चगमन मानसिकताको उपज रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेताहरु चीन बहादुर गुरुङ, झपट बहादुर गुरुङ, राम बहादुर गुरुङ, क्या. टेक बहादुर गुरुङ लागयतले बोल्नु भएको थियो । कार्यक्रम तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष बीमला गुरुङको अध्यक्षता तथा आसा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP