मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ ख का प्रदेश सभाकाउम्मेदवार फकरुद्दीन खाँले लुम्विनीको एकीकृत विकासकालागिआफ्नो उम्मेदवारी रहेको वताउनु भएको छ ।

वर्षौदेखि लुम्विनीको विकास कछुवा गतिमा भैरहेको र लुम्विनीको समग्र गुरुयोजना पूरा गर्न आफू विजयीभए केहीवर्षमै लुम्विनीको मुहार फेर्ने दावीउम्मेदवार खाँले गर्नुभयो ।

चुनावीप्रचार प्रसारको क्रममालुम्विनीकाविभिन्न स्थानमा घरदैलो गर्दै खाँले समग्र मधेशको विकासकालागि नेपालीकांग्रेसमात्र एक पार्टी भएको दावीगर्नुभयो ।
उहाँले भन्नुभयो– दिगो भिजनभएको पार्टी नेपालीकांग्रेस हो, कांग्रेसले मात्रै मधेश र यहाँकाजनताको समस्या समाधानगर्न सक्ने भएकोले कांग्रेसको चुनावचिन्ह रुखमा मतदान गर्नुहोस ।

लुम्विनीको विकास केवलभवनवनाएर मात्र संभवनभएको र त्यसकालागिआफू विजयी भए बृहद गुरुयोजना सहितको एकीकृत विकास गर्ने दावी गर्दै खाँले लुम्विनी क्षेत्रमा अझैपनि सडक, विजुली, शिक्षा र संचारको विकास हुन नसकेकोले आफ्नोे उम्मेदवारी रहेको ठोकुवा गर्नुभयो ।
खाँले मधेशको विकास र मुद्दा अन्यकुनैपनि पार्टीले समाधान गर्न नसकेकोले आफू नेपाली कांग्रेसको उम्मेदवारको हैसियतले जनताकै वीचमा गएर समग्र आफ्नो क्षेत्रको विकासका लागि मत दिनुपर्ने बताउनु भयो ।
२८ वर्षको युवा अवस्थावाट राजनीतिमा प्रवेश गरेका खाँ यसअघि २०७४ सालको प्रदेश सभाको निर्वाचनमा यहीँका मतदाताले भोट दिएर जिताएको र आफूले पूूरा गर्न नसकेका विकासकाअधुरा काम पूरा गर्न दोहारिएर उमेदवारी दिएको उल्लेख गर्नुभयो ।
आर्थिक मुद्दामा अवयुवाहरु समाहितभएकोले नेपालीकांग्रेसको बहुमतको सरकार वनेमा संविधान संशोधनसहितमधेशकाबाँकीएजेण्डा सम्वोधनहुने उल्लेख गर्नुभयो ।
चुनावी प्रसारको क्रममा क्षेत्र नं. ५ का विभिन्न स्थानमापुगीसक्नु भएकाकांग्रेस उम्मेदवार खाँआफ्नो क्षेत्रमा रहेको करिव ५५ हजार मतदाताकावीचमापुगेर अवकांग्रेसका उम्मेदवारलाई जिताउनआग्रहगर्ने र कांग्रेसले जित सुनिश्चित रहेको दावी समेत गर्नुभयो ।
स्थानीयलुम्विनीकामतदाताले लुम्विनीविकास कोषको वाहिरी क्षेत्रमाअझैपनिहिउँदमाधुलाम्मे र वर्षामाहिलाम्मे अवस्थाका कारण जनताले दुःखपाएको वताउँदै अहिले फेरी कांग्रेसका युवा नेता फकरुद्दिन खाँउम्मेदवार भएको र उहाँले विगतमा धेरै विकास गरेको र फेरी पनिगर्ने प्रतिवद्धता गरेकोले उहाँलाई जिताउनु पर्ने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP