मंगलबार , बैसाख २९, २०८३

प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) कांग्रेस

आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र नं. २ अन्तरगत (क) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट साझा उम्मेदवार बन्नुभएका केसी अहिले चुनावी प्रचारमा केन्द्रीत हुनु भएको छ । अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहनु भएका केसी आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रंगशाला बनाउने ड्रिम प्रोजेक्ट अगाडि सार्नु भएको छ । खेल क्षेत्रमा मात्रै नभएर उहाँ मजदुर तथा निर्माण क्षेत्रको नेता पनि हो । उहाँ नेपाली काँग्रेसका महासमिति सदस्य, लुम्बिनी प्रदेश समितिका सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिका सल्लाहकार, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी संघ बुटवलमा पूर्व अध्यक्ष हुनुहुन्छ । यी सबै क्षेत्रबाट आफूले राम्रो समर्थन पाएको बताउनुहुने केसी चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहन्छ । चुनावी प्रचार प्रसारको क्रममा हाम्रा सहकर्मीले उहाँसंग गरेको कुराकानीको सम्पादित अंश ।

निर्वाचन नजिक नजिक आईसक्यो, तपाईको तयारी कस्तो छ ?
तयारी राम्रो छ, राम्रोसंगै प्रचारप्रसार भईरहेको छ । निर्वाचन प्रचार प्रसारको लागि मुल समिति र वडा तहमा समितिहरु गठन भएका छन् ती सबै परिचालित भएका छन् । अहिले हामी मुलतः घरदैलो कार्यक्रममा केन्द्रित भएका छौं । घरदैलोमा जाँदा र मतदाताको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ ।

निर्वाचन जितिसकेपछिका तपाईका योजना के के छन् ?
हामीले गर्नै नसक्ने, हुनै नसक्ने ठूला योजना बनाएका छैनौं । वास्तवमा यहाँका जनताका आवश्यकता समेटेका छौं । गर्न सक्ने, जनताका आवश्यकतालाई ध्यान दिएर योजना बनाएका छौं । ताकी निर्वाचन जितेर गईसकेपछि पनि ती काम गर्न सकियोस् । झुटा सपना बाडेर मतदातालाई हामी ढाँट्न चाहन्नौं । वास्तवमा जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो । सामान्यतया यहाँ रहेका बाटाघाटालाई स्तरोन्नती गर्ने, यहाँ रहेका सिचाईँका नहरहरु १६÷३६ कुलो, तपाहाका कुलो र अरु पनि व्यवस्थित गरेर सिचाईमा सुविधासम्पन्न बनाउन चाहन्छौं । त्यस्तै धार्मिक मठमन्दिरहरुलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ, त्यसमा ध्यान दिएका छौं ।
त्यस्तै यस क्षेत्रमा मेरो एउटा ड्रिम प्रोजेक्छ । विभिन्न छरिएर रहेका खेलकुद, खेलाडी साथीहरु एकै ठाउँमा रहेर खेलुन भन्ने उद्देश्यले एउटा ठूलो रंगशाला बनाउने योजना बनाएको छु । त्यो रंगशाला बनिसकेपछि ईनडोर र आउटडोरका खेलहरु एकैठाउँमा खेलाउने लक्ष्य छ ।

तपाई अखिल नेपाल फूटवल संघको उपाध्यक्ष पनि हुनुहुन्छ, मजदुर नेता पनि हुनुहुन्छ । त्यस क्षेत्रको उत्थान र विकासका लागि कस्ता योजना बनाउनु भएको छ ?
मैले विगतमा फूटवल संघमा दुई कार्यकाल रहेर काम गरे । त्यहाँ रहेर काम गर्दाखेरी राम्रो व्यवस्थापनमा काम गरेको हो । त्यस्तै ट्रेड युनियन मुभमेन्टलाई पनि राम्रोसँग बुझेको छु । यस क्षेत्रको समस्या र समाधान मलाई राम्रोसँग थाहा छ । यी दुबै क्षेत्रलाई नजिकबाट हेरेको छु । यस क्षेत्रको धेरै लामो समयदेखि रोकिएको तिलोत्तमा गोल्डकप हामीले सुरु गरेको हो । हामीले त्यो सुरु गर्दैगर्दा रामोसँग व्यवस्थापन गरेर निरन्तर रुपमा भईरहेको पनि थियो । पछिल्लो दुई वर्ष कोभिडको कारणले रोकिएको छ । अव भेरी त्यो निरन्तर हुनेछ । त्यसमा मेरो पूर्ण सहयोग हुने छ । म निर्माण व्यवसायी संघमा हुँदा मैले गरेका कामहरु अझै पनि हेर्न सक्नुहुन्छ । मैले काम गर्दा ईमान्दारीपूर्वक गुणस्तरलाई मेनटेन गरेर काम गरेको छु । अरु क्षेत्र जस्तै यातायात क्षेत्रमा काम गर्दा पनि मैले इमान्दारीपूर्वक काम गरेको छु । यो यातायात क्षेत्रको बाहुल्य भएको ठाउँ पनि हो, ट्रेड युनियन अभियानमा पनि मेरो योगदान छ, खेल क्षेत्रको विकासमा त्यस्तै लगाव भएका कारणले पनि यी सबै क्षेत्रबाट मैले राम्रो समर्थन पाएको छु ।

तपाईले समग्रमा मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
म यहि समाजमा हुर्किएँ, यहिको माटोमा खेले, यहिको बाटोमा हिँडे । म निर्वाचनका सन्दर्भमा नयाँ अनुहार होला, तर सबैको परिचित अनुहार हो । जनताले नयाँ अनुहार खोजेका छन् । युवा खोजेका छन् । मतदाताको सकारात्मक प्रतिक्रिया र मलाई सहयोग गर्ने वचन पनि दिएकाले म निकै उत्साहित भएको छु ।

चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?
ढुक्क छु । मतदाताको साथ, सहयोग र समर्थन पाएको छु । उहाँहरुसँग अहिले चुनावमा गरेका कुरा चुनाव जितेर गएपछि विर्सिने छैन । मैले गरेका बाचाहरु कार्यान्वयन गर्ने छु । म अन्तिम पटक होईन, पहिलो पटक मतदाताको माझमा मत माग्न आएको छु । मलाई भोली पनि जनताको माझमा आउनु पर्छ भन्ने पूर्ण ज्ञान छ । त्यसैले मैले बाटो नबिराईकन काम गर्ने छु ।

अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ?
सम्पूर्ण मतदातालाई मेरो यो अपिल छ की, आगामी मंसिर ४ गते हुन गईरहेको चुनावमा मलाई रुख चिन्हमा मतदान गरी विजयी गराउनु हुन विनम्र अरुरोध गर्दछु । निर्वाचन प्रचार प्रसारको क्रममा तपाईहरुले दिएको साथ, सहयोग र समर्थनले मलाई उत्साहित बनाएको छ । निर्वाचन जितेर गएपछि पनि तपाईका समस्या, दुःख, व्यथा सुन्नको लागि म प्रत्येक महिना तपाईको टोलमा आउने बाचा गर्दछु । तपाईका कुरा सुन्ने छु, मेरा कुरा पनि सुनाउने छु । यो निर्वाचन मैले चुनाव जित्ने मात्रै नभएर तपाई सबैको जीत भएको महसुस गराउने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP