मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज चुनाव चिन्हमा मत मागेसँगै मतदाताहरुसंग तीनवटा ुबाचाु गर्ने गरेका छन् ।

भुसाल आफ्ना तीनवटा बाचामध्य पहिलो बाचा ुइमान्दारिता अर्थात् भ्रष्टाचारको अन्त्यु हो भन्ने गरेका छन् । उनी भन्छन्, ूजनताले उपभोग गर्ने हरेक कुरामा कर लाग्ने गर्छ । जनताले तिरेको कर राज्यको ढुकुटी हो र त्यो ढुकुटी कहाँ खर्च गर्ने र कहाँ नगर्ने यही चुनावले निर्धारण गर्ने गर्छ । म मेरो राज्यको ढुकुटी निजी लाभको लागी, निजी फाइदाकालागि कुनै पनि हिसावले दुरुपयोग गर्दिन ।ू उनी थप्छन्, ूइमान जनप्रतिनिधीमा चाहिन्छ र त्यो इमान हामीले राख्छौ ।ू

उनीले आफुले आजसम्म राज्यको ढुकुटी, पैसा र सार्वजनिक सम्पत्ति नाजायज तरिकाले नखाएको र अव पनि नखाने कुरामा प्रतिबद्ध रहेको बताउने गरेका छन् ।

मतदाता समक्ष भुसालको दोस्रो वाचा हो( ुसंविधानको रक्षाु । भुसाल भन्छन्, ूराज्यभित्र सरकार, सरकारी निकाय, अड्डा अदालत सबै संयन्त्र हुन्छ । जसको ब्यवस्था गर्ने संविधान हुन्छ र त्यो यताउता भयो संविधान बिग्रियो भने सबैकुरामा भाडभौलो शुरु हुन्छ । हामी आफैआफैमा लड्छौ र मुलुक बर्बाद हुन्छ । संविधान, कानुन र लोकतन्त्रको रक्षा गर्नु जनप्रतिनिधीकै काम हो ।ू उनले आफु हिजो पनि संविधानको रक्षाकोलागि पनि लडेको र भोलि पनि संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाकोलागि लड्ने प्रण उनले मतदातामाझ गरेका छन् ।

त्यसैगरी भुसालको तेस्रो वाचा हो( ुक्षेत्रको विकासु। यस क्षेत्रका पालिका, पार्टी, आमासमुह, क्लबहरू, बुद्दिजिवी, उद्योगपती, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर लिएर जान सकियो भने र यसक्षेत्रमा आउने स्रोतसाधनहरुको राम्ररी प्रयोग गर्न सकियो भने र आवश्यक पर्ने स्रोत साधन ल्याउन सकियो भने क्षेत्रको समग्र विकास संभव छ हुने भुसालको ठहर छ । उनी भन्छन्, ूविकास कार्यलाई बजेटको अभाव हुन दिनेछैन, आवश्यक्ताका आधारमा सबै विकास निर्माणको काम क्रमैसंग हुँदै जानेछ । अधुरा योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु विद्यालय, स्वास्थ चौकी, सडक पुर्वाधार, खानेपानी, सिंचाई लगायत प्राथमिकताका आधारमा आवश्यक स्रोत साधन ल्याउने छौं ।ू

यसरी त्रिभुज चिन्हसंगै तीनवटा बाचा लिएर मतदातामाझ पुगेका भुसाल उत्साहित देखिन्छन् । उनको घरदैलोको रिपोर्टिङ गर्न पुगेका संचारकर्मीसंग कुरा गर्दै उनले मतदाताको सुझाव संकलनसंगै आफ्ना भनाइ राख्दै र बुझाउँदै अगाडि बढिरहेको प्रतिक्रिया दिए । कस्तो छ माहोलरु निर्वाचन जितिन्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनी भन्छन्, ूनिर्वाचन त जितिसकिएको छ तर हाम्रो काम निर्वाचनमा भोट संकलन गर्ने मात्रै होइन । यो त एउटा अभियान हो । निर्वाचन जितेपछि म यसैगरी नागरिकसंग एकाकार भएर यहि क्षेत्रको विकासमा योगदान पुर्याउनेछु ।ू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP