सोमबार , भाद्र १५, २०८३

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् । आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका नेकपा एकीकृत समाजवादीका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको भेटिन्छ ।

उम्मेदवारले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन भोट माग्दैछ । खतिवडाले कटारी नगरपालिका–१२ मा निर्वाचन प्रचारप्रसारको लागि किसानको खेतमा धान झार्न किसानलाई सघाएका थिए ।

आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडा बताउँछन् । उनले भने, ‘मैले जनता भेटेको बेला समयले दिएको मौकामा सहयोग गरेका हुँ । कटारी नगरपालिका–१२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’

उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र एक चरणको निर्वाचन प्रचार प्रसार सकेको बताउँदै उनले थप्दै भने, ‘प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा एक चरणको चुनाब प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलले प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP