मंगलबार , बैसाख २९, २०८३

भैरहवा । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, विहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।

प्रारम्भिक तथ्याङक अनुसार २ करोड बण्किो सामान छ । बरामद सबै सामानको तथ्याङक संकलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामानमात्रै भेटिएकोले संकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

बिहानैबाट खटिएको टोली लोकेशन अनुसार नै ती बस्तुहरु नियन्त्रण लिदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरु बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले भने । सम्भवत बरामद सामान एकै ठाउको यति ठूलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरु नै गोदामबाट बरामद भएको छ ।

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहदा पनि करोडौको सामान बरामद हुन भनेकै सुरक्षाप्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौं सुरक्षा जनशक्ति र संयन्त्र हुदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीदमाथि शंकाको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP