सोमबार , जेठ २७, २०८२

फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई ६ दिन अघिदेखि समाचार सामग्री सेयर गर्न लगाएको प्रतिबन्ध हटाउने भएकोछ ।

फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने बनाएको हो। त्यहाँ प्रस्तावित एक कानुनको विरोधमा गत बिहीबारदेखि फेसबुकले आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।

उक्त कानुनमा गुगल र फेसबुकले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क (डिजिटल बार्गेनिङ कोड) तिर्नुपर्ने प्रावधान राखिएको थियो।

फेसबुक र अस्ट्रेलियाको सरकारबीच भएको सम्झौतापछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको बताइएको छ।

ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।

फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू विश्वस्त भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP