मंगलबार , बैसाख २९, २०८३

बुटवल । आसन्न संसदीय निर्वाचनमा मत बदर हुन नदिन बाम लोकतान्त्रीक गठबन्धनले महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरेको छ । रुपन्देहीको योगिकुटिमा गृहिणी महिलाहरूलाई मतदान शिक्षा प्रदान गरिएको हो । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदाताहरूलाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको बाम लोकतान्त्रिक गठबन्धनको प्रसार प्रसार कार्यालयले जनाएको छ ।

मतदाता शिक्षा प्रदान गर्दै रुपन्देही २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार केशव बहादुर थापा(सूर्यवंशी)ले आफूहरू प्रतिगमन विरुद्धको लडाइमा रहेकोले संविधान र देश बचाउनको लागि बदर नहुने गरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष थापाले देशमा सुशासन कायम राख्न, देशमा विकास र समृद्धिका लागि आफू निर्वाचनमा होमिएको बताए ।

उनले मत अमूल्य रहेको बताउँदै मत बदर हुन नदिन मतदाताहरूलाई मतदान शिक्षाको आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै रुपन्देही२(१)का उम्मेदवार दीर्घ बहादुर केसी(कुमारले अगाडिका नेतृत्वले खासै विकास गर्न नसकेको बताउँदै काँग्रेसको नेतृत्व र गठबन्धनको सरकार बनाउन जनताले मतदान गर्न आव्हान गरे । नेपाली काँग्रेसका युवा नेता समेत रहेका उनले नेकपा एमालेले दुई तिहाइ बहुमतमा पनि कुनै काम गर्न नसकी देशलाई दुर्घटनामा पु¥याउन खोजेकोले बनेको गठबन्धनले संविधान र देशको रक्षा गर्ने दाबी गरे ।

बाम लोकतान्त्रिक गठबन्धनका रुपन्देही २(२)का उम्मेदवार वामदेव क्षेत्रीले जनताको आधारभूत आवश्यकता पुरा गर्ने उद्देश्यले निर्वाचनमा उत्रिएको बताए ।उनले ५ वर्षमा एक पटक मात्रै हुने मतदानलाई काम गर्न नसक्नेलाई दिएर मत खेर नफाल्न आग्रह गरे । नेपाल व्यूटीसियन संघ रुपन्देहीको आयोजनामा आयोजित मतदाता शिक्षा प्रदान कार्यक्रममा बोल्दै संघ केन्द्रीय उपाध्यक्ष शान्ता शर्माले मतदाता शिक्षाको आवश्यकता रहेको बताउँदै यस्ता कार्यक्रम गर्दा मत बदर नहुने बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP