सोमबार , भाद्र १५, २०८३

बुटवल। बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले बुटवलको नयाँ गाउँ बेलबास क्षेत्रलाई आधुनिक सिटीको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुपन्देही २(२) वाड नं. १२ मा निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त गठबन्धन दलका अगुवा कार्यकर्ता भेटघाट कार्यलाई सम्बोधन गर्दै प्रतिनिधि एवं प्रदेशसभा सदस्य पदका उम्मेद्वारहरुले यो क्षेत्रलाई आधुनिक सिटीको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव बहादुर थापाले विकासका नाममा भइरहेका भ्रष्टाचार रोक्न तथा राज्यका अङ्गहरूलाई पारदर्शी र सुशासनयुक्त बनाउनका लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गरे । उनले समृद्धि, सुशासन, समावेशिता र सहकार्यलाई अवलम्बन गर्न आग्रह गर्दै नयाँ तर जनता सँग प्रत्यक्ष सरोकार राख्ने दीर्घकालीन विकासका योजना अगाडि ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य समेत उम्मेदवार रहेका उनले संविधानलाई कुल्चिने प्रतिगमनकारी राजतन्त्र ल्याउने हरूलाई परास्त गर्ने दाबी गरे । उनले यो गठबन्धनको जित कुनै पार्टी भन्दा पनि समग्र जनताको जित हुने दाबी गरे ।

उनले अहिलेको गठबन्धनलाई अझै बलियो बनाएर लैजानुपर्ने बताउँदै गठबन्धनलाई कमजोर बनाउने प्रयास अझै पनि भइरहेकाले प्रतिगमनकारी शक्तिलाई सशक्त भएर किनारा लगाउनको लागी पनि गठबन्धन आवश्यक रहने बताए । कार्यक्रममा बोल्दै रुपन्देही २(२) प्रदेशसभा सदस्य पदका उम्मेदवार बामदेव क्षेत्रीले आफ्नो क्षेत्रमा ७ हजार मतले अगाडी रहेको दाबी गर्दै यो पटक गठबन्धनले जित हाँसील गर्ने दाबी गरे । उनले युवा र महिलाहरूलाई स्वरोजगार बनाउने मुख्य योजना सहित नयाँ गाउँ र बेलबासलाई आधुनिक सिटको रूपमा विकास गर्ने दाबी गरे ।

उनले बालबालिका शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले यही क्षेत्रमा क्षेत्रमा सूचना केन्द्र वा जनगुनासो केन्द्र स्थापना गरेर जनताको गुनासो सम्बोधन गर्ने र जनहितमा काम गर्ने बताए । सुकुम्वासीको हकमा सुकुम्वासी आयोगबाट समस्या समाधान गर्ने दाबी गर्दै उनले जनताले जिताएर त्यो स्थान सम्म पु¥याउन गठबन्धनलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP