सोमबार , अषोज २६, २०८३

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वको लागि पूर्व वरिष्ठ उपाध्यक्षलाई उम्मेदवारी घोषणा गरेका छन् । संघकोे २० औं साधारणसभा तथा १० औं अधिवेशन यहीँ फागुन १६ गते हुुँदैछ ।

बुटवलमा भएको व्यवासायीको भेलाले पदाधिकारीमा ८ र कार्यसमिति सदस्यमा ११ सदस्यीय समावेशी टिम बनाएर नयाँ नेतृत्वका लागि अगाडि सरेको हो ।
अध्यक्षमा रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहनलाल पाण्डे, द्धितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंकप्रसाद पराजुली र सहकोषाध्यक्ष देवराज ढकाल रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा राजन ज्ञवाली, तुलसीराम पराजुली, डिल्लीराज अर्याल (दीपक), टंकप्रसाद पोखरेल, मोहन बस्याल, राम बहादुर न्यौपाने, माधव ढकाल, पिताम्बर राना, थम्मनबहादुर भण्डारी र अर्जुन पोखरेल रहेका छन् ।

उम्मेदवारी घोषणा गर्दै व्यवसायीको हकहित प्रगतिको लागि सधै काम गर्ने गौतमले प्रतिबद्धता जनाए । संघका ८६३ जना व्यवसायी मतदाता छन् । महासचिवका उम्मेदवार खनालले आफूहरुको टीम समावेशी रहेको बताए । अहिलेका अध्यक्ष समुन्द्र जिसीले गौतमको टीमलाई नेतृत्वमा अबको होटल व्यवसायी संघ अगाडि बढने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP