सोमबार , भाद्र १५, २०८३

काठमाडौं । जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सोमबार जापानी सम्राट नारुहितोसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । त्यस अवसरमा नारुहितोले राजदूत सुवेदीलाई स्वागत गर्दै जापान र नेपालबीच रहेको सम्बन्धको उत्कृष्ट अवस्थाप्रति खुशी व्यक्त गरे ।

नारुहितोले आगामी दिनमा दुई मुलुकबीचको मित्रता र सहकार्य अझ घनिष्ट र सौहार्दपूर्ण हुने विश्वास व्यक्त गरे । राजदूत डा. सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट सम्राट नारुहितोको व्यक्तिगत सुस्वास्थ्य तथा जापानी जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभेच्छा प्रकट गरेका छन् ।

राजदूत सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक–आर्थिक विकासमा जापानले गरिरहेको उदार र निरन्तर सहयोगका लागि जापान सरकार र जनताप्रति हार्दिक आभार प्रकट गरेको टोकियोस्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP