सोमबार , अषोज २६, २०८३

काठमाडौं।नेकपा स्थायी समिति सदस्य लिलामणी पौडेलले एमसीसी पास गर्ने कल्पना समेत गर्न नसकिने बताएका छन्। आज विहान एक एफ रेडियोलाई नेकपा बरिष्ठ नेता झलनाथ खनालले एमसीसी परिमार्जन सहित संसदबाट पारित गर्न सकिने बताएपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन।

एमसीसीको बारेमा पार्टीले हालसम्म कुनै निर्णय नै नगरेको उनले स्पष्ट पारे। नेता खनाल हतारमा बोलेको पनि उनले बताए। लाेकपाटीसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय जनमत खारेजीको पक्षमा छ, हामी जनमतको विरुद्धमा जादैनौ।’ उनले नेपाललेले चाहेर सम्झौता संशोधन नहुने पनि स्पष्ट पारे। एमसीसी परियोजना अमेरिकाको हिन्द प्रशान्त रणनीतिकै हिस्सा भएको र यो समाजवाद विरोधी अमेरिकी रणनीति भएको उनले बताए।

एमसीसीको उदेश्य नै नेपालजस्तो देशलाई दबाबमा पारेर भुमण्डलिय राजनीति गर्ने र त्यसको लागी नेपाली भूमिको प्रयोग गर्ने भएको पनि उनकाे बुझाइ थियाे। एमसीसी सम्झौताको उदेश्यको सम्बन्धमा उनले भने, ‘एमसीसी सम्झौताको माध्ययबाट हाम्रो सार्वभौमिकतामा खलल पु¥याउने र नेपाललाई अन्तराष्ट्रिय सैनिक गठबन्धनमा सामेल गराउने हो।’

उनले यो सम्झौता अन्तराष्ट्रिय सहायता नीति विरुद्धको सम्झौता भएको पनि उल्लेख गरे। श्रीलङ्काले पनि यो सम्झौता खारेज गरेको उल्लेख गर्दै उनले भने, ‘सम्झौताको धरातल नै नेपालको सर्वभौमिकता, सम्मान, संविधान, कानुनको विपरीत छ।’ उनले अगाडी थपे, ‘राष्ट्रियता र स्वाभिमानको अगाडी पचास करोड डलर सबथोक हैन। त्यसैले एमसीसीसँगको सम्झौता पारित हैन खारेज नै गरिनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP