मंगलबार , बैसाख १६, २०८२

अघिल्लो सरकारको गलत नीतिका कारण उद्योग व्यवसाय धरापमा
भैरहवा ।गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी व्याज वृद्धि नगर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिनुभएको छ ।

रुपन्देही सियारी गाउँपालिका ६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने बताउनुभयो ।

उपयुक्त कारणविना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाणले बताउनुभयो । आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने उहाँको भनाइ छ ।
यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभइ अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको बताउनुभयो ।
कोभिड-१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाणको भनाइ छ । मुलुकभर पाँच दलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरि परिणाम आउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP