सोमबार , भाद्र १५, २०८३

अघिल्लो सरकारको गलत नीतिका कारण उद्योग व्यवसाय धरापमा
भैरहवा ।गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी व्याज वृद्धि नगर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिनुभएको छ ।

रुपन्देही सियारी गाउँपालिका ६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने बताउनुभयो ।

उपयुक्त कारणविना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाणले बताउनुभयो । आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने उहाँको भनाइ छ ।
यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभइ अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको बताउनुभयो ।
कोभिड-१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाणको भनाइ छ । मुलुकभर पाँच दलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरि परिणाम आउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP