मंगलबार , अषोज २७, २०८३

न्युयोर्क । एलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाइ जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५० प्रतिशत कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको सुरुमा ट्वीटमा भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP