मंगलबार , अषोज २७, २०८३

काठमाडौं । अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो ।

अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना यात्रु थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए ।

बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । आँधी र ठूलो वर्षाका कारण त्यहाँ विमान दुर्घटनामा परेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP