मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रावण राज अन्त्य गर्न जनमत पार्टीमा मतदान गर्न आग्रह गरेका छन् । पुराना राक्षस रुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीको हरन छापमा मतदान गर्नुपर्ने बताए ।
रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा.राउतले पुराना र आफूलाई ठुला भन्ने दलहरु जनतामा जान डराई रहेको बताए । जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता , शक्ति आफ्नै हातमा भएपनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै अहिले पाँच पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नु पर्ने अबस्था आएको राउतले आरोप लगाए ।

राउतले भने , “जनताको बिचमा दलहरु जान सकेका छैनन् । एकातिर पाँच दल र अर्को तिर पाँच दलको गठबन्धन छ । यो गठबन्धन होईन ठगबन्धन हो । यो राक्षस रुपी ठगबन्धनबाट सबै सचेत भएर यसपाली रावण राजको अन्त्य गर्न जनमत पार्टीलाई मतदान गर्नुहोस् । ”

सामुदायिक समाजवाद ल्याउन , जनता राज ल्याउन डा.राउतले देशै भरि जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । त्यस्तै , रुपन्देही क्षेत्र नम्बर ४का प्रतिनिधी सभाका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले मर्चवारको परिवर्तन गर्नका लागि जनमत पार्टीको विकल्प नभएको बताए । यादवले मर्चवारमा मलखाद्, सिंचाई ,विउँ विजन, स्वास्थ्य ,शिक्षा, सडक ,पुर्वाधार लगाएतका काममा मर्चवार निकै पछाडी परेको हुँदा त्यसको परिवर्तनका लागि जमिनदारी शासक वर्गको विकल्पमा जनमत पार्टीलाईनै मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार ४(क)का जितेन्द्र नाथ शुक्ला (बब्लु) र (ख)का अर्जुन जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमतलाई एक मौका दिनु पर्ने बताए । रुपन्देहीको मर्चवार , सम्मरिमाई , मायादेवी गाउँपालिका र लुम्बिनी संस्कृति नगरपालिकाको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP