शनिबार , जेठ २५, २०८२

मुम्बई । बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान ’मार्फत चार वर्षपछि ‘कमव्याक’ गर्दैछन् । हालै उनले ५७ औं जन्मदिन पनि मनाए । उनले अहिले ट्वीटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन शुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् ।

हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर कुराकानी गरे । उनलाई एक फ्यानले महामारीपछि के कुरामा परिवर्तन आयो भनी सोधेका थिए । ‘मलाई लाग्छ कि मेरो हरेक कुरा छिटो गर्ने बानीमा सुधार आएको छ । म पहिला हरेक फिल्ममा अभिनय गर्न सहमत हुन्थें । तर, अहिले कुनै पनि फिल्ममा हस्ताक्षर गर्नुअघि निकै विचार गरेर निष्कर्षमा पुग्छु,’ उनले भनेका छन् ।

उनलाई अर्का फ्यानले फिल्ममा कमव्याक गर्न लाग्दाको अनुभव बारे सोधेका छन् । जवाफमा शाहरुखले ‘यो अनुभव घर फर्किए जस्तै रहेको’ बताए । शाहरुख सन् २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म फ्लप भएको थियो । यसबाहेक उनी ‘बम्हास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेट्री’मा केमियो भूमिकामा देखिएका थिए । उनको प्रतिक्षित फिल्ममा ‘पठान’ बाहेक ‘जवान’ र ‘डंकी’ पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP